धुलिखेल, १ भदौँ : काभ्रे सदरमुकमा धुलिखेलमा रहेको धुलिखेल अस्पतालका १९० जना चिकित्सक तथा कर्मचारीमा कर्मचारी नरहेको पुष्टि भएको छ । दुईदिन अघि एक कर्मचारीमा कोरोना भाइसर संक्रमण देखिएसँगै अस्प्तालका १ सय २० जना चिकित्सकले कर्मचारी एकान्तबासमा बसेका थिए ।
सोमबार अस्पतालका प्रशासकीय निर्देशक डाक्टर रमेश माकजुले प्रेस विज्ञप्ति मार्फत ४८ घण्टामा १९० जना चिकित्सक र कर्मचारीमा कोरोना भाइरस परीक्षण गरिएको र उनीहरुमा कोरोना नेगेटिभ देखिएको बताउनुभएको हो । विज्ञप्तिमा उपचारमा संलग्न चिकित्सक र कर्मचारीहरुले सुरक्षाका अझ थप उपायहरु अवलम्बन गर्न आवश्यक रहेको भने जनाइएको छ ।
राजधानी पूर्वका जिल्लाहरुका लागि धुलिखेल अस्पताललाई सरकारले कोभिड लेभल ३ को मान्यता दिएको छ । अस्पतालले कोरोना संक्रमित छुट्टै भवनमा राख्दै आएका छ ।








प्रतिक्रिया