२०८३, ७ कार्तिक शनिबार

बनेपाबाट आयो खुशीकाे खबर

बनेपाबाट आयो खुशीकाे खबर


धुलिखेल, ३२ साउनः काभ्रेमा सरकारी आइसोलेसन वेड चरम अभाव भइरहेको बेला बनेपाबाट कोरोना संक्रमितका लागि खुशी खबर प्राप्त भएको छ । नगरपालिकाले पोलिटेक्निक इन्सिच्यूटको भवनमा एकैपटक ५० वेडको ओइसोलेसन सञ्चालनमा ल्याउन लागेको हो ।

हाल जिल्लामा ३९ वटा मात्रै आइसोलेसन वेड छन् । जुन संक्रमितको संख्या भन्दा थोरै हो । जिल्लामा हाल संक्रमितकाे संख्या ७६ पुगेकाे छ । एक जनाकाे मृत्यु भइसकेकाे छ । वेड अभाव भएपछि बनेपाका ४ जना होम आइसोलेसनमा बसिरहेका छन् । होम आइसोलेसनमा बस्दा संक्रमित ब्यक्ति अनुशासित नभएको अवस्थामा घरपरिवार नै संक्रमित हुन सक्ने चिन्ताका माझ बनेपामा ५० बेडको आइसोलेसन सञ्चालनमा ल्याइनुलाई महत्वका साथ हेरिएको छ ।

सञ्चालनका अन्तिम तयारीमा रहेको आइसोलेसन वेडको आज प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला कमाण्ड पोष्ट अन्तर्गतको अनुगमन टोली निरीक्षण गरेको छ । शीर मेमोरियल अस्पतालका चिकित्सिकको निगरानीमा आइसोलेसन नगरपालिकाले तयार गरेको हो ।

हाल जिल्लामा ३९ ओटा आईसोलेसन बेड रहेको स्वास्थ्य कार्यालय काभ्रका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसारधुलिखेल अस्पतालमा १५, बनेपामा ५, पाँचखालमा ७ नमोबुद्धमा ६ र पनौतीमा ६ ओटा आईसोलेसन बेड रहेको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  ७ : ०७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना