२०८२, १० श्रावण शनिबार

काभ्रेको ढुंखर्क स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाहरु बन्द

काभ्रेको ढुंखर्क स्वास्थ्य चौकी बाट प्रदान गरिने सेवाहरु बन्द


बनेपा २५ साउन : काभ्रेको बेथानचोक गाँउपालिकाले ढुंखर्क स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । साउन २३ गते वडा नम्बर २ मा रहेको ढुंखर्क स्वास्थ्य चौकीको क्वारेन्टाईनमा बस्ने २१ वर्षीय युवतीले आत्महत्या गरेपछि बन्द गरिएको हो ।

आत्महत्याको घटना पछि स्थानीयले स्वास्थ्य चौकी तोडफोड तथा स्वास्थ्यकर्मी माथि समेत आक्रमण गरेका थिए । स्थानीयको तोडफोडबाट स्वास्थ्य चौकी तथा क्वारेन्टाईन स्थल क्षति पुगेकाले सेवा बन्द गर्ने निर्णय गरिएको गाँउपालिकाका अध्यक्ष प्रेम बाहादुर तिमल्सीनाले बताउनुभयो ।

अध्यक्ष प्रेम बाहादुर तिमल्सीनाका अनुसार गाउँपालिकाले अर्को सुचना प्रकाशन नभए सम्ममा लागी सबै सेवारु बन्द गर्ने निर्णय गरेको छ । स्वास्थ्य चौकी बन्द भए पनि प्रसुती सेवाका लागि भने गाँउपालिकाले एम्बुलेन्स संञ्चालन गर्ने भएको छ । तोडफेडका क्रममा दुई जना स्वास्थ्य कर्मी घाईते भएका छन् ।

स्थानीयहरुले मोटरसाईकल, स्वास्थ्य चौकीको औषधी, फ्रीज, झ्याल, ढोका लगायत फर्नीचरका समानहरुमा र गाँउपालिका अध्यक्षको घरमा समेतभएको अध्यक्ष तिमल्सीनाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ६ : ३३ बजे

एआई विलासिता होइन, समानता र रूपान्तरणको साधन हो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम

८० प्रतिशत युवाले जागिरविहीन रुपमा महिनामा दुई लाखभन्दा बढी कमाउँछन् : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बसोबास

मुख्य चार राजमार्ग पूर्णरूपमा अवरुद्ध : यातायात सञ्चालनमा अवरोध

काठमाडौं । देशभर जारी अविरल वर्षाका कारण मुख्य चार राजमार्ग

शनि देव भगवानको दर्शन गर्नुहोस् , हरेक काममा हुन्छ सफलता

काठमाडौं । शनि भगवान हिन्दू धर्मका नवग्रहमध्ये एक प्रमुख ग्रहका

स्कुटर दुर्घटनामा परी नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते

काभ्रे । बिपी राजमार्गमा भएको स्कुटर दुर्घटनामा पूर्व नगर प्रमुख