२०८२, २३ चैत्र मंगलबार

काभ्रेकाे सिपालीमा नेकपाको अगुवा कार्यकर्ता भेला

काभ्रेकाे सिपालीमा नेकपाको अगुवा कार्यकर्ता भेला


धुलिखेल, १६ साउनः रोशी गाउँपालिका वडा नम्बर ६ सिपालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला भएर नेतृत्वलाई सांगठानिक गतिविधि बढाउने सुझाव दिएका छन् । शनिबार भएको भेला तीन वाटै निर्वाचन पछि पहिलो पटक भएको हो ।

भेलामा सहभागि पार्टी कार्यकर्ताहरुले निर्वाचनमा पार्टी होमिएपछि गाउँमा सांगठानिक गतिविधि ठप्प भएको भन्दै केन्द्रमा विवाद नगर्न समेत सुझाव दिएका छन् । उनीहरुले गाउँगाउँमा पार्टीको गतिविधि शुन्य भएको भन्दै गाउँका कार्यकर्तालाई निराश नबनाउन समेत नेतृत्वलाई आग्रह गरेका छन् ।

अगुवा कार्यकर्ता भेलामा सहभागि हुन नेकपा काभ्रेका नेता जगत शाह, हरिकुमार मैनाली, पूर्णचन्द्र सिग्देल, गोविन्द्र उप्रेती लगायत पुगेका थिए । उनीहरुले भेलामा सहभागि कार्यकर्ताले राखेको जिज्ञासा र हाल जिल्ला पार्टी कमिटीमा भइरहेको परिदृश्यलाई समेत समेट्ने प्रयास गरेका छन् ।

भेलाले नेकपाका नेता तथा पूर्व गाविस अध्यक्ष भिमबहादुर सिवाकोटीको संयोजत्वकमा १५ सदस्यीय सम्पर्क तथा संगठन परिचालन कमिटी गठन गरेको छ । भेलाले पार्टी एकताको भावनालाई थप मुजबुद गर्दै लैजान जतिसक्दो छिट्टो वडा अधिवेशन गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार  ९ : ०६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि