काभ्रे : काभ्रेको विकट क्षेत्रमा पर्ने महाभारत गाँउपालिकाको विभिन्न सडक खण्डहरु अबरुद्ध भएका छन् । वर्षका कारण ठाउँठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको गाँउपालिकाका प्रवक्ता रबिन मोक्तानले जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएकाले सवारी साधन सञ्चालन हुन सकेका छैनन् । अबरुद्ध सडम मध्ये पिन्थली हुदै रजबास,मजुवा,चारकिल्ला,घमाइलो सम्मको बाटो खुल्ला गरिएको प्रवक्ता मोक्तानले बताउनुभयो ।
करिब एक महिना अघि देखी पहिरोका कारण अबरुद्ध भएको सडक स्काभेटर लगाएर पहिरो हटाउने काम भएको छ । प्रवक्ता मोक्तानका अनुसार पहिरो हटाएर साना सवारी साधनहरु चल्ने बनाईएको छ । निरन्तर पनी परिरहेकाले सडक फरी अबरुद्ध हुन सक्ने स्थानीयको गुनासो छ ।








प्रतिक्रिया