धुलिखेल, ७ साउनः पनौती नगरपालिकालाई चालु आर्थिक बर्ष २०७७/७८ मा बालमैत्री नगरपालिका बनाइने भएको छ । नगरपालिकाले नीति तथा कार्यत्रममा नै बालमैत्री नगरको अवधारणा लिएको छ ।
यस अघि नगरपालिकाका वडा नं १, २, ३ र १२ बालमैत्री वडा घोषणा भइसकेका छन् । बाँकी रहेका वडालाई पनि बालमैत्री वडा बनाउर्दै नगरपालिकालाई समेत बालमैत्री बनाउने नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो । यसको लागि नगरपालिकाले बालश्रम अनुगमन प्रणालीलाई समेत निरन्तरता दिने भएको छ ।
बालमैत्री लगानी योजनामा पहिचान भएका बालबालिकासँग सम्बन्धित कार्यक्रममलाई पनि नगरपालिकाले संबोधन गर्नेभएको छ । यसैगरी विद्यालाई बालमैत्री बनाउन नगरपालिकाले विविध कार्यक्रम समेत गर्ने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।








प्रतिक्रिया