२०८२, ११ माघ आईतबार

तेमालमा पूर्व एमालेका हिरा काँग्रेस प्रवेश

तेमालमा पूर्व एमालेका हिरा काँग्रेस प्रवेश


धुलिखेल, ६ साउनः बीपी स्मृती दिवसको अवसर पारेर काभ्रे काँग्रेसले पूर्व एमालेका कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याएको छ । काँग्रेसले मंगलबार तेमाल गाउँपालिका वडा नम्वर ८ का हिरा लामा घिसिङ सहितकाे उनकाे समूहलाई आफ्नो पार्टीमा प्रवेश गराएको हो ।

हिरा सहित ७ जनाको समूहलाई कांग्रेस सभापति शेर बहादुर देउवाले सदस्यता लिएका हुन्। हिरा सहितको पूर्व एमाले कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराउने कार्यक्रमको साक्षी बस्न संविधान सभा सदस्य तीर्थ लामा, केन्द्रिय सदस्य शिव प्रसाद हुमागाँई, तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं तामाङ, नेताहरु रमेश प्रसाद हुमागाँई, दिनेश लामा, तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङ, तेमाल गाउँपालिकाका प्रवक्ता ज्ञान बहादुर लामा लगायतका नेताहरु काठमाण्डौ पुगेका थिए ।

हिरा २०५४ को स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट साविक मेच्छे गाउँ विकास समिति वडा नम्वर ६ को वडा अध्यक्षमा निर्वाचित हुन् । तेमाल गाउँपालिकामा पूर्व एमालेभित्र आन्तरिक विवाद चरम बन्दै गएपछि हिरा काँग्रेसमा प्रवेश गरेकाे बुझिएकाे छ । काँग्रेसमा हिराको प्रवेशलाई तेमालमा निकै महत्वका साथ हेरिएको छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ९ : १६ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई