२०८३, ७ कार्तिक शनिबार

काभ्रेको कुन स्थानीय तहमा कति रकम बेरुजु ?

काभ्रेको कुन स्थानीय तहमा कति रकम बेरुजु ?


धुलिखेल, ६ साउनः महालेखा परीक्षकको कार्यालयले देशभरका स्थानीय तहहरुले गरेका विभिन्न आर्थिक गतिविधिको प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखाको ५७ औँ वार्षिक प्रतिवेदन अनुसार काभ्रेका १३ वटा स्थानीय तह मध्ये सबैभन्दा कम धुलिखेल नगरपालिकाको बेरुजु रकम देखिएको छ । सबैभन्दा बढी पनौती नगरपालिकामा बेरुजु रहेको छ ।

काभ्रे जिल्लाका १३ स्थानीय तहको आर्थिक वर्ष ०७५/७६ को बेरुजु रकम ६७ करोड ७५ लाख ६७ हजार छ । पनौती नगरपालिकाको ९ दशमलव ४४ प्रतिशत बेरुजु देखिएको छ ।महालेखापरीक्षकको वार्षिकोत्सवको प्रतिवेदनअनुसार पनौती नगरपालिकाको एक अर्ब ७५ करोड ६७ लाख पाँच हजार रुपैयाँको लेखापरीक्षण गरेकोमा १६ करोड ५७ लाख ५६ हजार बेरुजु भएको छ ।

काभ्रेमा धुलिखेल नगरपालिकाको सबैभन्दा कम बेरुजु रकम देखिएको छ । एक दशमलव ४१ प्रतिशत मात्र बेरुजु देखिन्छ । धुलिखेल नगरपालिकाको एक अर्ब २२ करोड ४१ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ७२ लाख ३७ हजार मात्र बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दोस्रो नम्बरमा जिल्लाको अति विकट डाडाँपारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिका परेको छ । खानीखोला गाउँपालिकाको ५३ करोड ६७ लाख ५६ हजारको परीक्षण गरेकोमा तीन करोड ७६ लाख ३१ हजारको बेरुजु रकम रहेको प्रतिवेदनमा भनिएको छ ।

तेमाल गाउँपालिकाको पाँच करोड ५ लाख २३ हजार बेरुजु रकम रहेको छ । त्यस्तै भुम्लु गाउँपालिकाको ८३ करोड ५८ लाख २७ हजारको लेखापरीक्षण गरिएकोमा पाँच करोड २७ लाख २५ हजार बेरुजु रकम रहेको छ । बेथानचोक गाउँपालिकाको ७३ करोड ७३ लाख ९३ हजारको लेखापरीक्षण गरेकोमा चार करोड ६५ लाख ६६ हजार र नमोबुद्ध नगरपालिकाको एक अर्ब नौ करोड ३७ लाख ९६ हजारको लेखापरीक्षण गरिएकोमा ६ करोड ६१ लाख ८२ हजार रकम बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जिल्लाको रोशी गाउँपालिकाको एक अर्ब १५ करोड १६ लाख १७ हजारको लेखापरीक्षण गरेकोमा ६ करोड ६३ लाख ५२ हजार, बनेपा नगरपालिकाको एक अर्ब ५१ करोड ४१ लाख ९१ हजारको लेखापरीक्षण गरेकोमा सात करोड ४३ लाख ७० हजार र महाभारत गाउँपालिकाको ६३ करोड १४ लाख ६ हजारको लेखापरीक्षण गरेकोमा एक करोड ९२ लाख ६० हजार रकम बेरुजु छ ।

चौरीदेउराली गाउँपालिकाको ८६ करोड तीन लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड ४४ लाख १८ हजार, पाँचखाल नगरपालिकाको एक अर्ब २६ करोड ३० लाख ३७ हजारको लेखापरीक्षण गर्दा तीन करोड ५१ लाख २३ हजार र मण्डनदेउपुर नगरपालिकाको एक अर्ब २० करोड ३१ लाख ३६ हजारको लेखापरीक्षण गरेकोमा दुई करोड १४ लाख २४ हजार रकम बेरुजु रहेको छ ।

प्रकाशित मिति : २०७७, ६ श्रावण मंगलबार  ६ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना