धुलिखेल, ५ साउनः काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ४ मा एक घर पहिरो तान्न थालेको छ । स्थानीय राम बहादुर स्याङतानको घर अबिरल वर्षाको पहिरोले तान्न थालेको हो । घर मुनिबाट पहिरो पक्की घर उच्च जोखिममा परेको छ ।
पहिरोले स्याङतानको घरसँगै सामुदायिक भवन पनि जोखिममा परेको कार्यपालिका सदस्य खड्का पुर्कोटी बताउनुभयो । यो घरमा ६ जनाको परिवार बस्दै आइरहेको छ ।
पहिलो जान थालेपनि स्याङतानको परिवार भने सोहि घरमा बरिरहेका छन् । वडा नम्बर ४ मा बर्षासँग विभिन्न ठाउँमा पहिरो जान थालेको कार्यपालिका सदस्य पुर्कोटीले जानकारी दिनुभयो । वडा नम्बर ४ को अतिबले भन्ने ठाउँमा गरिएको अब्यवस्थित ढुंगा खानीका कारण माथिल्लो बस्ती समेत जोखिममा परेको छ ।









प्रतिक्रिया