२०८३, ८ कार्तिक आईतबार

बनेपामा महिलाको अगुवाइमा सडक कालो पत्रे

बनेपामा महिलाको अगुवाइमा सडक कालो पत्रे


बनेपा १ साउन । काभ्रेको बनेपा नगरपालिका वडा नंं ६ मा पर्ने सहिदमार्ग भएर गोसाईस्थान जाने सडकको केही भाग कालोपत्रे गरिएको छ । वडाको काभ्रे बहुमुखी क्याम्पसदेखि २ सय ६१ मिटर भाग कालोपत्रे गर्ने काम सम्पन्न गरिएको हो ।

सडक कालोपत्रे गर्नका लागि बनेपा नगरपालिकाले ३० लाख बजेट उपलब्ध गराएको थियो । उपभोक्ता समितिमार्फत कालोपत्रे गरिएको नगरस्तरीय उक्त योजनामा उपभोक्ताको ५ लाख ३६ हजार ६ सय १५ सहभागिता रहेको वडाअध्यक्ष सचितानन्द के.सी.ले जनाएका छन् ।

नगरको उक्त सडकको वडास्तरीय उपभोक्ताहरुको भेलाले वडाबासी महिला रेश्मा थापालाई उपभोक्ता समितिको अध्यक्षमा चयन गरी सडक पीच गर्ने कामको थालनी गरेका थिए । उपभोक्ता समितिमा महिलाद्वारा अगुवाई गरी कमै योजनाहरु सम्पन्न हुने गरेका छन् ।

विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय सहभागिता जनाउँदै आएकी उपभोक्ता समितिकी अध्यक्ष थापा सहित सचिव शिवप्रसाद पौडेल र कोषाध्यक्ष प्रेमप्रसाद सत्यालले सडकलाई पक्की बनाउन सक्रिय भूमिका निर्वाह गरी योजना सम्पन्न भएको स्थानीय उपभोक्ताहरुले बताएका छन् ।

सडकको स्तरोन्नतीका लागि वडाअध्यक्ष सचितानन्द के.सी.को पहलमा बागमति प्रदेशबाट बजेटको व्यवस्था भएको थियो ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ८ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना