२०८२, ११ माघ आईतबार

ओलीलाई प्रचण्ड र नेपालले भने ‘राजिनामा नदिए कुनै सहमति हुदैँन’

ओलीलाई प्रचण्ड र नेपालले भने ‘राजिनामा नदिए कुनै सहमति हुदैँन’


काठमाडौं, १ साउन: शुक्रबारलाई निर्धारित स्थायी कमिटी बैठक नरोक्ने सहमति गर्दै नेकपाका शीर्ष नेताहरुको छलफल बिना निष्कर्ष टुंगिएको छ । करीव तीन घण्टासम्म अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुबीच भएको छलफलमा मुख्य विषयमा सहमति भएन ।

नेताहरुबीचको छलफल ठोस निष्कर्षमा नपुगेको वार्तामा सहभागी महासचिव विष्णु पौडेलले बताए । छलफल सकारात्मक रहेको र शुक्रबारको बैठक नरोकिने उनले जानकारी दिए । सो छलफलमा स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

दुई अध्यक्षबीचको चरणबद्ध छलफल निष्कर्षमा पुग्न नसकेपछि आज माधव नेपालसहित वार्ता भएको हो । प्रचण्ड र माधव नेपाल दुवैजनाले प्रधानमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका छन् भने ओलीले राजिनामा नदिन अडान कायमै राखेका छन् । त्यसैले तीन नेता सहितको छलफल सहमतिबिना टुंगिएको हो ।

बालुवाटारमा ओलीसँग वार्ता गर्न जानुअघि अध्यक्ष प्रचण्डले खुमलटारमा बहुमत सचिवालय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए । ओली समझदारीमा नआए शक्रबारको बैठक के गर्ने भन्नेबारे सो बैठकमा कुरा उठेको थियो । झलनाथ खनाललगायतका नेताले अब बैठक नरोक्न र ओली सहमतिमा नआए पार्टीले निर्णय गरेर अघि बढ्नुपर्ने धारणा राखेको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : २५ बजे

समानुपातिक उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाण्डौ । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समानुपातिक

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई