धुलिखेल, १ साउनः आजबाट सुरु भएको आर्थिक वर्षमा खर्च गर्न काभ्रेका सबै स्थानीय तहले समयमै बजेट ल्याएका छन् । नीति तथा कार्यक्रम असार १० गते नै सार्वजनिक गरेको जिल्लाका कतिपय स्थानीय तहहरुले बजेट भने सार्वजनिक गरेका थिएनन् ।
तर बजेट सार्वजनिक नगरेका स्थानीय तहरुले पनि हिजो अबेरसम्म पारित गराएका छन् । हिजो पाँचखाल नगरपालिका, चौरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकाको पारित भएको छ । योसँगै जिल्लाका १३ वाटै स्थानीय तह समयमै बजेट ल्याउन सफल भएका हुन् । गाउँ तथा नगरसभाले पारित गरेको बजेट कार्यान्वयनका लागि समेत अख्तियारी दिने तयारी गरेका छन् ।
तेमाल गाउँपालिकाले साउन ४ गतेका लागि कार्यपालिका बैठक बोलाएको छ । बैठकले आजबाट सुरु भएको आर्थिक वर्षका लागि बजेट कार्यान्वयनका अख्तियारी दिने बारे निर्णय गर्ने प्रमूख प्रशासकीय अधिकारी लक्षमण कुइकेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया