धुलिखेल, ३० असारः धुलिखेल नगरपालिकाका केहि वडाहरुले कोठामा फर्किएकाहरुलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएर मात्रै राख्न आग्रह गरेका छन् । उनीहरुले कोरोना संक्रमण नफैलियोस् भन्नका लागि गरिएको लकडाउनसँगै कोठा छोडेर आफ्नो पुख्यौली घर गएकाहरु फेरी फर्कने क्रम चल्नेको भन्दै घरधनीलाई सचेत गराएका हुन् ।
नगरपालिकाको वडा नम्बर ७ का अध्यक्ष रोमी प्रसाद श्रेष्ठले लुकिछिपी धुलिखेल आउने क्रम बढेको भन्दै घरधनीहरुलाई सचेतता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले बिना अनुमति घर प्रवेशमा रोक नलगाएको पाईएमा कोठामा बस्ने र घरधनीलाई समेत नियमानुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
त्यस्तै वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र कर्माचार्यले एक सार्वजनिक सूचना मार्फत स्वास्थ्य परीक्षण गराएर मात्रै घरमा राख्न आग्रह गर्नुभएको छ । उहाँले विभिन्न ठाउँबाट आउँदा कोरोनाको जाखिम बढ्न सक्ने भन्दै स्वास्थ्य परीक्षण गराएर ढुक्क हुन सबैलाई आग्रह गरिएको बताउनुभयो ।








प्रतिक्रिया