धुलिखेल, २९ असारः काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् । काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयरले अनुमति पाएको मन्त्रालयले जनाएको छ ।
उपत्यकाबाहिर बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् ।








प्रतिक्रिया