धुलिखेल, २८ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सचेत रहन नगरबासीलाई आग्रह गरेको छ । नगरपालिका प्रमुख टोक बहादुर वाइबाले आज एक विज्ञप्ति निकालेर नगरबासीलाई चनाखो भएर बस्न आग्रह गर्नु भएको हो ।
नगरपालिकाले जोखिम हुन सक्ने टोल बस्तिका बासिन्दाहरुलाई समयमा नै सजक भएर सर्तकता अपनाउनको लागि अनुरोध गरेको छ । नगरप्रमुख वाइबाले विज्ञप्तिमा नगरमा जुनसुकै समस्या आएपनि आफुहरु सधैभरी साथमा रहने र कुनै समस्या परेमा तत्काल खबर गर्न अनुरोध समेत गर्नुभएको छ ।








प्रतिक्रिया