२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकको लार्चा पहिरोमा हराएका एक जनाको जीवितै उद्धार

सिन्धुपाल्चोकको लार्चा पहिरोमा हराएका एक जनाको जीवितै उद्धार


धुलिखेल, २७ असारः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको लार्चा पहिरोमा हिजो बिहान बेपत्ता हुनुभएका ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको छ । मगरको आज जीवितै उद्धार गरिएको नायब उपरीक्षक माधवप्रसाद काफलेले जानकारी दिनुभयो । घाइते अवस्थामा भेटिनुभएका मगरेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

यसैबीच जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोमा बेपत्ता भएका २० जनाको खोजी गर्न कठिनाई भएको छ । लगातारको वर्षाले सडक अवरुद्ध हुदाँ कठिनाइ उत्पन्न भएको हो । राजधानीबाट पुगेका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीले आज पनि खाजी कार्यलाई जारी राखेकोे प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

लगातारको वर्षासँगै आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जिल्लामा बेपत्ताको संख्या २१ पुगेको प्रहरीले जनाएको छ । त्यस्तै लगातारको वर्षाले बुधबार राति आएको सुनकोशी नदीको बाढीले कटान गरेको अरनिको राजमार्गको जुरेमा सडक खुलाउने काम भइरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  ४ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना