२०८३, १६ बैशाख बिहीबार

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, संक्रमितको संख्या ६१ पुग्यो

सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, संक्रमितको संख्या ६१ पुग्यो


मेलम्ची, २७ असारः सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका ४५ वर्षिय पुरुषको आज मृत्यु भएको हो । झण्डै ३ महिनादेखि विरामी रहेका उनको काठमाण्डौंमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिनुभयो ।

चाँपागाईका अनुसार मृत्यु हुनु अघि नै कोरोना परीक्षण गरिएकोमा पोजेटिभ देखिएको हो । यो सँगै सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । यसअघि मुलुकमै पहिलोपटक कोरोना संक्रमण भएर बाह्रबिसे नगरपालिका स्थित राम्चेकी महिलाको मृत्यु भएको थियो ।

आज सिन्धुपाल्चोकमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै संक्रमितको संख्या ६१ पुगेको हो । आज थपिएका सबै पाँचपोखरी थाङपाल गाउँपालिकाका हुन् । पाँचै जना भारतबाट आएका ब्यक्तिहरू रहेकाे बताइएकाे छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार  २ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले