२०८२, २३ चैत्र मंगलबार

नेकपाको एकता जोगाउन जनवर्गीय संगठनको ज्ञापनपत्र

नेकपाको एकता जोगाउन जनवर्गीय संगठनको ज्ञापनपत्र


बनेपा २४ असार : नेपाल कम्युनिस्ट पार्टीभित्र बढ्दै गएको विवादलाई लक्षित गरी पार्टी समर्थित जनवर्गीय संगठनहरुले नेकपा काभ्रे जिल्ला कमिटीमार्फत केन्द्रीय कमिटीलाई ज्ञापनपत्र बुझाएका छन् ।


ज्ञापनपत्र जनवर्गीय संगठनका प्रतिनिधिहरुले जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाईवालाई बुधबार बुझाएका थिए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा प्रदेश सांसद लक्ष्मण लम्साल, नेकपा वाग्मती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ जिल्ला कमिटी सदस्य हरिशरण दाहाल, मणि गौतम, रघुवर चौप्रधान, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भेषराज शाह, अभिलास लामा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


पार्टी एकताको बाँकी कार्यहरु पूरा नहुँदै पार्टी केन्द्रमा चर्किर्दै गएको विवादबाट पार्टी फूट र विभाजनको बाटोमा जान लागेको ठहर गर्दैै नेकपा समर्थित जनवर्गीय संगठनहरुले टुटफूट र विभाजनको पक्षमा नरहेको स्पष्ट पार्दै ज्ञापनपत्र बुझाएका हुन् ।


जनवर्गीय संगठनहरू राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ, अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल किसान संघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । पार्टी केन्द्रको विवादले संगठनलाई गम्भीर क्षति पु¥याएको ठहर गर्दै विवादको सही समाधान नखोजिए देश र जनताप्रति धोका हुने ती संगठनहरुको ठहर छ । पार्टीको एकतालाई थप मजबुत बनाउँदै जनताले सुम्पेको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गर्न पार्टी केन्द्रलाई ती संगठनहरुले आग्रह गरेका छन् । ज्ञापनपत्र मार्फत विगतका सहमति, पार्टी विधान र निर्वाचनमा जनतासँग गरिएको प्रतिवद्धताको मर्म र भावनाअनुरुप विवेकपूर्ण ढंगले पार्टी नेतृत्वत चल्न समेत ज्ञापन पत्रमा अनुरोध गरिएको छ ।


पार्टीलाई कमजोर पार्ने गरी विभिन्न स्थानहरुमा पार्टी क्याडरहरुबाटै हुने गरेका नकारात्मक टिकाटिप्पणी र अनर्गल प्रचारबाजीप्रति पनि ती संगठनहरुले आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता अनुशासनहीन र अनैतिक गतिविधिमा कोही पनि क्याडरहरु संलग्न नभई पार्टी एकतालाई पूर्णता दिनका लागि थप आधार बनाउन ती संगठनहरुले अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ८ : ४६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि