२०८२, ११ श्रावण आईतबार

पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल थालिने

पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल थालिने


धुलिखेल, २४ असारः पाँचखाल नगरपालिकामा पर्ने पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नगरपालिकाले विषेश पहल गर्ने भएको छ । भगवती क्षेत्रको विकास गर्नको लागि गुरु योजना नै बनाउन नगरप्रमुख महेश खरेलले नगरपालिकाको ७ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

आगामी आर्थिक बर्ष २०७६/७७ मा साँकृतिक तथा पर्यटन कार्यक्रम अन्र्तगत पलाञ्चोक भगवतसँगै सय बर्ष भन्दा बढी पुराना दुग्धेश्वर मन्दिर, धनलक्ष्मी, सुवर्णेश्वर महादेव मन्दिर तथा कोटदेवी लगायतका पुरातनत्विक धार्मिक स्थल र गुम्बालाई संरक्षणमा प्राथमिकता दिइने भएको छ ।

यसैगरी धार्मिक स्थललाई पर्यटकीय कुरामा जोड्दैँ दुग्धेश्वर मन्दिरमा पिकनिक स्पोट बनाउने र पलाञ्चोक भगवती तथा धनलक्ष्मी डाँडालाई केन्द्र बनाई प्याराग्लाईडिङको संम्भाव्यताको समेत अध्ययन गरिने भएको छ । नगरपालिका भित्रका पर्यटकिय, धार्मिक, सामाजिक, साँस्कृतिक तथा मौलिक परम्परा झल्कने श्रव्यदृष्य बनाई प्रचारप्रसार गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : २४ बजे

बिवाइडीको नयाँ मोडल सिलायन–७ सार्वजनिक, आकर्षक विशेषतासहित

काठमाडौं ।  नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले

विपद्को विषयलाई ठिक ढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेसमा पानीको गम्भीर अभाव सिर्जना

केही मुठ्ठीभरका दलालले राज्य कब्जा गरेका छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

एआई विलासिता होइन, समानता र रूपान्तरणको साधन हो : सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम

८० प्रतिशत युवाले जागिरविहीन रुपमा महिनामा दुई लाखभन्दा बढी कमाउँछन् : शिक्षामन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले काठमाडौँमा बसोबास