२०८३, ७ श्रावण शुक्रबार

पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल थालिने

पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न पहल थालिने


धुलिखेल, २४ असारः पाँचखाल नगरपालिकामा पर्ने पलाञ्चोक भगवती मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न नगरपालिकाले विषेश पहल गर्ने भएको छ । भगवती क्षेत्रको विकास गर्नको लागि गुरु योजना नै बनाउन नगरप्रमुख महेश खरेलले नगरपालिकाको ७ औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।

आगामी आर्थिक बर्ष २०७६/७७ मा साँकृतिक तथा पर्यटन कार्यक्रम अन्र्तगत पलाञ्चोक भगवतसँगै सय बर्ष भन्दा बढी पुराना दुग्धेश्वर मन्दिर, धनलक्ष्मी, सुवर्णेश्वर महादेव मन्दिर तथा कोटदेवी लगायतका पुरातनत्विक धार्मिक स्थल र गुम्बालाई संरक्षणमा प्राथमिकता दिइने भएको छ ।

यसैगरी धार्मिक स्थललाई पर्यटकीय कुरामा जोड्दैँ दुग्धेश्वर मन्दिरमा पिकनिक स्पोट बनाउने र पलाञ्चोक भगवती तथा धनलक्ष्मी डाँडालाई केन्द्र बनाई प्याराग्लाईडिङको संम्भाव्यताको समेत अध्ययन गरिने भएको छ । नगरपालिका भित्रका पर्यटकिय, धार्मिक, सामाजिक, साँस्कृतिक तथा मौलिक परम्परा झल्कने श्रव्यदृष्य बनाई प्रचारप्रसार गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २०७७, २४ असार बुधबार  ७ : २४ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने