२०८२, ५ पुस शनिबार

कांग्रेस नेकपा कार्यकर्ताबीच झडपमा गोली चल्यो,१८ घाइते

कांग्रेस नेकपा कार्यकर्ताबीच झडपमा गोली चल्यो,१८ घाइते


सर्लाही, १५ असार । सर्लाहीमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन् ।

सर्लाहीको धनकौल गाउँपालिकामा गए राति भएको झडपमा दुर्वैतर्फका गरी १८ जना घाइते भएका छन् । घाइतेमध्ये केहीलाई गोली समते लागेको स्थानीयले जानकारी दिएका छन् ।

सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए ।

धनकौलमा भएको जुलुसकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो । घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ । घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिएका छन् ।

तर, पक्राउ परेकाको नाम भने उनले खुलाएनन् । ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ उनले भने । घटनामा गोली चलेको एसपी पोखरेलले पुष्टि गरेका छन् । ‘केहीलाई गोलीको छर्रा लागेको छ, तर गम्भीर घाइते कोही छैनन्,’ उनले भने, ‘कुन पक्षबाट गोली चलेको हो, खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौं ।’

नेकपा कार्यकर्ताले कांग्रेस कार्यकर्ताले गोली चलाएको आरोप लगाएका छन् । रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो । रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ । तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ । हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गरेको छ । नेकपा सर्लाहीका जिल्लास्तरीय नेताले गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाको विषयमा जानकारी समेत गराइसकेका छन् ।

प्रकाशित मिति : २०७७, १५ असार सोमबार  ८ : ४१ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा