२०८३, ८ कार्तिक आईतबार

पाँचखालमा वडाले दियो पलाञ्चोक भगवतिका गुठियारलाई बाद्यबादन

पाँचखालमा वडाले दियो पलाञ्चोक भगवतिका गुठियारलाई बाद्यबादन


धुलिखेल, १२ असारः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ९ पलाञ्चोक भगवतीका गुठियारलाई बाद्यवादनका साग्रमी उपलब्ध गराइएको छ । वडाले शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरी गुठियारलाई बाद्यवादनका सामग्री उपलब्ध गराएको वडाध्यक्ष किरण श्रेष्ठले जानकारी दिए ।

वडाले चालु आर्थिक वर्ष २०७६/०७७ लागि पलाञ्चोक क्षेत्र जात्रा तथा पर्व ब्यवस्थापन शिर्षकमा विनियोजन गरिएको २ लाख रकमबाट बाद्यवादनका सामग्री खरिद गरी गुडियारलाई उपलब्ध गराइएको हो । ‘पाँचखाल नगरको शान धार्मिक कला र साँस्कृतिक हाम्रो पहिचान’ भन्ने नारा सहित वडाले संस्कृति, धर्म र कला संरक्षणको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

पलाञ्चोक भगवती मन्दिरमा लाखे जात्रा, गाईजात्रा, रथयात्रा, भजन किर्तनमा प्रयोग हुने एक सेट बाजा वडाले उपलब्ध गराएको हो । त्यस्तै बडा दशै, चण्डिपुर्णिमा र पलाञ्चोक भगवति मन्दिरमा लाग्ने विशेष पुजामा प्रयोग हुने बैण्डबाजाको १ सेट गरि २ सेटबाजा गुडियारलाई उपलब्ध गराइएको वडाध्यक्ष श्रेष्ठले बताए ।

बाद्यबादन सामग्री हस्तान्तरण गर्न पुगेकी उपप्रमुख लक्ष्मी दनुवारले पाँचखाल नगरपालिकाले नगरभित्र रहेका सबै धर्म, संस्कृतिको जर्गेना गर्ने गरी आगामी आर्थिक वर्षका लागि समेत नीति तथा कार्यक्रम सार्वजनिक गरेको बताइन् । उनले पलाञ्चोक भगवती जस्तै महत्व बोकेका अन्य मठ, मन्दिर, गुम्बाको पहिचान गरी संरक्षण र प्रवद्र्धन गर्ने काममा नगरपालिका सधै लागि पर्ने समेत बताइन् ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ७ : ०० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना