धुलिखेल, १२ असारः काभ्रे जिल्ला निर्वाचन क्षेत्र नं २ प्रदेश (ख) का सांसद बसुन्धरा हुमागाई शान्त र शालिन सांसद भित्र पर्छन । उनको पहल कदमी बागमती प्रदेश सरकाबाट काभ्रे जिल्लाको सडक निर्माण, सडक पिच, सिचाई योजना, खानेपानी लगायतका योजनामा उल्लेख्य बजेट विनियोजन भएको छ ।
सांसद हुमागाईको निर्वाचन क्षेत्रमा बनेपा नगरपालिकाका १४ वटै वडा, मण्डनदेउपुरको १, २, ३, ४, ५ र ६ नम्बर वडा, पनौती नगरपालिकाको १, २, ३, ११ र १२ तथा बेथानचोक गाउँपालिकाको १, २, ३, ४, ५ नम्बर वडा गरी ३० वटा वडा पर्छन् ।
सांसद हुमागाईले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता अनुसार नै आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि योजनाहरु पर्न सफल भएका छन् । बनेपा नगरपालिकाको वडा नम्बर १२ मा गोठडाँडा खानेपानीका लागि २५ लाख विनियोजन गरिएको छ । वडा नम्बर १ मा २५ लाखमा अमलडोल मनकामना हुँदै पाण्डेगाउँ रामगाउँ मोटरबाटो निर्माण हुनेछ । वडा नम्बर ८ को सुमंगल शान्ति मार्गका लागि ५० लाख विनियोजन गरिएको छ । बाँसकोझाँङ, घिमिरे गाउँ हुँदै नगरकोट सडकका लागि १ करोड विनियोजन भएको छ ।
बनेपाकै वडा ५, ६र ७ नम्बर भित्र पर्ने भिमसेनथान हुदै काभ्रे क्याम्पस सिलु मार्ग जोड्न सडक पिच गर्न १ करोड, रेशम मार्ग सडक स्तरोन्नतीका लागि १ करोड, शहिद भिमसेन मार्ग सडकलाई १ करोड, राजदास मार्ग सडकमा १ करोड र रामेश्वर मार्ग सडकका लागि १ करोड रकम विनियोजन भएको छ ।
यसैगरी मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ४ मा रहेको महाकाली मन्दिर जिर्णोदार गर्न ३० लाख, वडा नम्बर ३ र ४ को चाखोला मुहान ढाइटार सिचाइका लागि १ करोड २५ लाख, वडा नम्बर ५ को चिते दोभान सिचाई योजनामा २० लाख, वडा नम्बर ४ कै आँशीखोला आँपखोला सिचाईमा ३० लाख, ३ र ४ को चाखोला चिते सिङ्गे चैनपुर सिचाईमा ६० लाख रुपैयाँ विनियोजन भएको छ ।
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ स्थित ढाडखोला कटान नियन्त्रणका लागि ५० लाख, वडा नम्बर ५ को तपेश्वर खेल मैदान निर्माण गर्न २० ला, कात्तिके चुरीथुम्का सिपाघाट सडक १५ लाख, हलेदे बालुवापाटी खानेपानी आयोजना ५ लाख, नगरकोट गैरीविसौना हिगुवापाटी सडक ५० लाख, वडा नम्बर १ र ५ भित्रपर्ने देउराली हिलेखोला रानीवन भद्रकाली सडकमा २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसै गरी वडा नम्बर १ को हिलसाइड रोजभिल्ला पसलडाँडा सडकमा २० लाख, वडा नम्बर १, २, ३, ४ र ५ को वयरबोट सिङ्गे चिते मेसागाँउ सल्लेबास छाप रानीवन चुरीथुम्का सडकमा ५० लाख, वडा नम्बर ७ मा निर्माण भइरहेको नगर स्तरिय अस्पतालका लागि ७ करोड, वडा नम्बर २ र ३ भित्र पर्ने मकैबारी भिर ट्याङ्कीडाँडा सडक कालो पत्रे गर्न २ करोड वडा नम्बर ६, ७, ८, ९ र ११ को हिगुवापाटी फेदी वैकल्पिक सडक पक्की नाली तथा कलभर्ट निर्माण गर्न २ करोड गरिएको छ ।
मण्डनदेउपुरको वडा नम्बर ६ तिनकुने सिपाघाट तल्लोबजार सडक कालो पत्रे गर्न २ करोड र लुभागाउँ भट्टेखोला नगरकोट बृहत लिफ्ट खानेपानी योजनाका लागि ३५ लाख रुपैयाँ विनियोजन गरिएको सांसद हुमागाईले बताए ।
पनौती नगरपालिकाभित्रको लाकुरी भन्ज्याङ कुशादेवी पनौती नमोवुद्व सडकका लागि लाकुरी भञ्ज्याङ् कुसादेबी पनौती नमोबुद्द सडक २६ करोड ४२ लाख, वडा नम्बर ७ को रोशीखोला नदि नियन्त्रणका लागि २० लाख, वडा नम्बर ३ को लप्सीबोट डि ओडारे घिमिरे गाउँ बन्चरे रुप्सेटार माठे सिचाई योजनाका ३० लाख, पनौती खोपासी कामीडाँडा तालढुङ्गा सिक्रेदोभान भोर्लेनी मकवानपुर सडकका लागि २० लाख विनियोजन गरिएको छ ।
त्यसैगरी नमोवुद्व पनौती सुनथान सडक सङ्खेश्वरी खोला पुल निर्माणका लागि १ करोड ३० लाख वडा नम्बर ११ को पनौती ख्याकु डिप ट्युववेल सिचाई योजनाका लागि २६ लाख, सङ्खु उपत्यका लिफ्ट सिचाई योजना १० लाख, वडा नम्बर २ कुशादेवी बजार खानेपानीका लागि १० लाख, वडा नम्बर ३ को ठुुलोखोला सिचाईका लागि १० लाख र वडा नम्बर १० को बालुवा सिचाईका लागि १० लाख विनियोजन गरिएको सांसद हुमागाईले जानकारी दिए ।








प्रतिक्रिया