२०८३, १५ बैशाख बुधबार

काभ्रेका युवा भक्तपुरमा जबरजस्तीकरणी आरोपमा पक्राउ

काभ्रेका युवा भक्तपुरमा जबरजस्तीकरणी आरोपमा पक्राउ


धुलिखेल, ११ असारः भक्तपुरमा छुट्टाछुट्टै बलात्कार घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुर प्रहरीले काभ्रेको भुम्लु गाउँपालिका वडा नम्बर १ स्थायी ठेगाना भएका २१ वर्षे सोमराज परियारलाई पक्राउ गरेको हो ।

उनले १४ वर्षीय बालिकालाई ललाइफकाई आर्थिक प्रलोभनमा पारी असार ४ गते दिउँसो मध्यपुरथिमि नगरपालिका वडा नम्बर ९, नीलबाराही जंगलमा लगेर जबरजस्ती करणी गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए ।

उनलाई भक्तपुर अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यस्तै १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा रुकुमको भुमे गाउँपालिका वडा नम्बर ९ का ३५ वर्षीय जबर खड्का पक्राउ परेका छन् । उनले ३१ जेठको दिउँसो १३ वर्षीया बालिकालाई चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा रहेको आफ्नो कोठामा लगी ललाइफकाई करणी गरेको उनकी हजुरआमाले दिएको जाहेरी किटानी गरिएको छ ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  ५ : ०५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले