२०८३, ८ कार्तिक आईतबार

काभ्रेको कान्छो नगरपालिकाको बजेट ९२ करोड

काभ्रेको कान्छो नगरपालिकाको बजेट ९२ करोड


धुलिखेल, १० असारः काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । ७ औँ नगरसभामा नगरप्रमुख टोक बहादुर वाइबाले ९२ करोड २५ लाख ७९ हजार ७५१ को निति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो । नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम र बजेट असार १६ गते बस्ने नगरसभाको बैठकले पारित गर्नेछ ।

नगरपालिकाले नीति तथा कार्यक्रममा संघीय सरकारले तोके बमोजिम सबै कर्मचारीहरुको तबल बृद्धि गर्ने उल्लेख गरेको छ । प्रशासनिक भवनलाई आगामी आर्थिक वर्षभित्रै सकाउने गरी बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  ७ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना