२०८३, १६ बैशाख बिहीबार

काभ्रेको कान्छो नगरपालिकाको बजेट ९२ करोड

काभ्रेको कान्छो नगरपालिकाको बजेट ९२ करोड


धुलिखेल, १० असारः काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुरले पनि आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट प्रस्ताव गरेको छ । ७ औँ नगरसभामा नगरप्रमुख टोक बहादुर वाइबाले ९२ करोड २५ लाख ७९ हजार ७५१ को निति कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले कोरोना नियन्त्रण अन्तर्गत स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ ।

विगतका वर्ष देखि नै शिक्षा उच्च प्राथमिकतामा राखेको नगरपालिकाले यो वर्ष पनि उत्तिकै प्राथमिकता दिएको छ । त्यस्तै कृषि, पशु र पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरिएको प्रवक्ता डिल्ली आचार्यले जानकारी दिनुभयो । नगरसभामा प्रस्तुत गरिएको नीति, कार्यक्रम र बजेट असार १६ गते बस्ने नगरसभाको बैठकले पारित गर्नेछ ।

नगरपालिकाले नीति तथा कार्यक्रममा संघीय सरकारले तोके बमोजिम सबै कर्मचारीहरुको तबल बृद्धि गर्ने उल्लेख गरेको छ । प्रशासनिक भवनलाई आगामी आर्थिक वर्षभित्रै सकाउने गरी बजेट विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  ७ : ११ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले