धुलिखेल, १० असारः काभ्रेको रोशी गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । आज भएको ७ औँ गाउँसभामा उपप्रमुख लक्ष्मी बर्तौलाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ९९ लाख ५६ हजार बजेट प्रस्तुत गरेकी हुन् ।
सभामा पालिका अध्यक्ष डिबी लामाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । ‘रोशीको दृष्टि,पर्यटन र कृषि’ भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको छ ।








प्रतिक्रिया