२०८३, ७ कार्तिक शनिबार

काभ्रेका युवाको पाल्पामा मृत्यु

काभ्रेका युवाको पाल्पामा मृत्यु


धुलिखेल, ९ असारः पाल्पाको तानसेन सम्मोबारीमा पहिरोले गाडी बगाउँदा काभ्रेका युवाको पनि ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज श्रेष्ठका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ होक्सेबजार घर भएका २८ वर्षीय निवेश श्रेष्ठको मृत्यु भएको हो ।

श्रेष्ठसँगै पहिरोमा परि चितवन भरतपुर नगरपालिकाका २९ बाङ्गेसालका ३३ वर्षीय वीरबहादुर गुरुङ र पाल्पा रिब्दीकोट गाउँपालिका वडा नम्बर २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा प्राप्त काजगपत्रका आधारमा मृतकका आफन्तसँग सम्पर्क भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । पहिरो खस्दा अवरुद्ध तानसेन–तम्घास सडकखण्डको सम्मोबारी क्षेत्रमा पहिरो र गाडी हटाइएपछि यातायातका साधन आज बिहानदेखि सञ्चालनमा आएका छन् ।

पहिराले लु २ ख १३७६ नम्बर ट्रक र लु १ क १९२८ नम्बरको ट्याङ्करलाई बगाएको हो । ट्रक भीरमा अड्किएको छ भने ट्याङ्कर तल खोल्सामा टुक्राटुक्रा अवस्थामा छ । लु १ च ७०११ नम्बरको कार र लु २ च ७०४३ नम्बरको पिकअप जीपलाई सडकबाट हटाइएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।
रासस

प्रकाशित मिति : २०७७, ९ असार मंगलबार  १२ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना