२०८३, २० आश्विन बुधबार

असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल

असार १० पछि लकडाउन कडा हुने हल्ला निराधार : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, ८ असार: असार १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको सरकारी अधिकारीहरुले बताएका छन् ।

अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक ईश्वर पोखरेलले असार १० देखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

जनताको दैनिक जीवन सहज बनाउन लकडाउन केही खुकुलो गरिए पनि जनता आफैं सचेत हुनुपर्ने बताए । ‘कतै क्रिटिकल केसहरु आए भने निश्चित एरियालाई सिल गर्ने हो र त्यो भइरहेको पनि छ’ उनले अनलाइनखबरसँग भने, ‘लकडाउनका नियम सबैले पालना गरौं ।’

उनकाअनुसार दुई सयभन्दा बढी सक्रिय केस देखिएका स्थानमा समुदायमा संक्रमण फैलिन नदिन पूर्ण लकडाउन गरिनेछ । अन्त्रय अनावश्यक रुपमा घर बाहिर ननिस्कन र भिडभाड हुने ठाउँबाट जोगिन जनता आफैं सचेत हुनुपर्ने एवं उपप्रधानमन्त्री पोखरेलले बताए ।

लकडाउन खुकुलो भयो भन्दैमा भिडभाड गर्ने, लापरवाहीपूर्ण जीवनशैली अपनाउने र सरकारका निर्देशन पालना नगर्दा आफैंलाई असर पर्नेतर्फ सचेत हुन सरकारले आग्रह गरेको छ ।

सार्वजनिक यातायातबारे अहिलेसम्म नयाँ निर्णय भएको छैन ।

सार्वजनिक यातायात सञ्चालन गर्न आवागमन बढ्ने र प्रत्येक सवारी साधनमा प्रहरी सुरक्षाकर्मी राखेर सञ्चालन गर्न पनि गाह्रो हुने भएकाले केही समय हेरेरमात्र ठाउँ अनुसार सार्वजनिक यातायात सञ्चालन गर्न दिने तयारी सरकारको छ ।

स्कुल, सावर्जनिक यातायात, सिनेमा, ठूला रेष्टुरेन्ट अझै पनि सञ्चालन नहुने उपप्रधानमत्री पोखरेलले बताए । उनकाअनुसार सार्वजिनक सभा समारोह पनि गर्न पाइँदैन । सरकारले गरेका निर्णय पूर्ण पालना नगर्दा आफैं जोखिममा पर्ने यथार्थ बुझ्न उनले आग्रह गरे ।

अहिलेसम्म संक्रमण भारत र तेस्रो मुुलुकबाट आएकाहरुमा मात्र देखिएको र समुदायमा नफैलिएको हुनाले यो अवस्था कायमै राख्नु चुनौतिपूर्ण रहेको सरकारको बुझाइ छ ।

Onlinekhabar.com

प्रकाशित मिति : २०७७, ८ असार सोमबार  ७ : ०५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको