२०८३, १६ बैशाख बिहीबार

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी

सांसद सरिता गिरीविरूद्ध टेकुमा उजुरी


काठमाण्डाै, ६ असारः समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी परेको छ।

शुक्रबार तीन जना अधिवक्ताले सांसद गिरीविरूद्ध नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका विरुद्ध अभिव्यक्ति दिएको भन्दै टेकुमा उजुरी दिएका हुन्। ‍

‘परिसरमा राज्यविरूद्धको अपराधमा उजुरी परेको छ। राष्ट्रविरूद्ध अभिव्यक्ति दिएको भन्दै केही अभिवक्ताहरूले उजुरी हाल्नु भएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले सेतोपाटीलाई जानकारी दिए।

उजुरी परेसँगै अनुसन्धान थालिसकिएको पनि उनले बताए। ‍

पछिल्लो समय कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ नक्सा संविधानको निशान छापमा राख्न दर्ता भएको संविधान संशोधन विधेयकमा सांसद गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। उक्त क्षेत्र नेपालले दाबी गर्न स्रोत र प्रमाण नपुग्ने गिरीको जिकिर थियो। तर प्रतिनिधि सभाले उनको संशोधन प्रस्ताव अस्वीकृत गरिदिएको थियो। अस्वीकृत भएसँगै उनले संसदबाट बाहिरिएर पत्रकारहरूसँग आफ्ना अभिव्यक्ति दिएकी थिइन्।

‘राष्ट्रियताको नाममा एक जना महिला सांसदको नाममा भएको व्यवहार जाँच गर्नु भएन भने, नबिर्सनुस् बंगलादेशको निर्माण कसरी भयो,’ गिरीले भनेकी थिइन्, ‘किनभने त्यहाँ पाकिस्तानी सेनाले महिलालाई बलात्कार गर्‍यो। महिलाहरूले देश निर्माण गर्नुभयो।’

प्रकाशित मिति : २०७७, ६ असार शनिबार  ७ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले