२०८३, ८ कार्तिक आईतबार

धुलिखेलको न्यायिक समितिमा लकडाउनपछि विवाद दर्ता शून्य

धुलिखेलको न्यायिक समितिमा लकडाउनपछि विवाद दर्ता शून्य


धुलिखेल, ५ असारः काभे्रको धुलिखेल नगरपालिकाको न्यायिक समितिमा लकडाउनपछि कुनै पनि विवाद दर्ता भएका छैनन् । न्यायिक समितिमा कुनै पनि विवाद दर्ता नभएको नगरपालिकाका उपप्रमूख तथा न्यायिक समितिका संयोजक विमला शर्माले जानकारी दिए ।

मण्डनदेउपुर नगरपालिकाको न्यायिक समितिमा चैत ११ गतेदेखि यता ६ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । तर धुलिखेल नगरपालिकामा भने कुनै पनि किसिमका घटना दर्ता भएका छैनन ।

न्यायिक समितिमा लकडाउन अवधिभर विवादका घटना दर्ता नहुनुका पछाडि के कारण हुन्छ सक्छन भन्ने हाम्रो प्रश्नमा न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख बिमला शर्माले लकडाउनको समयमा सबैजना घरको काम र खेतीपातिमा बढी व्यस्त भएकाले कुनै पनि विवाद नभएको हुन सक्ने बताइन ।

न्यायिक समितिमा चालु आर्थिक बर्षको हालसम्म १२० विवाद मध्ये ८० वटा विवादको मेलमिलाप भएको छ । यी मध्ये ४ वटाको निर्णय भएको छ । अब बाँकी रहेका विवाद जति सक्दो छिटो छिनोफोनो गरिने उपप्रमुख शर्माले बताइन् ।

प्रकाशित मिति : २०७७, ५ असार शुक्रबार  ६ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना