धुलिखेल, ५ असारः काभे्रको धुलिखेल नगरपालिकाको न्यायिक समितिमा लकडाउनपछि कुनै पनि विवाद दर्ता भएका छैनन् । न्यायिक समितिमा कुनै पनि विवाद दर्ता नभएको नगरपालिकाका उपप्रमूख तथा न्यायिक समितिका संयोजक विमला शर्माले जानकारी दिए ।
मण्डनदेउपुर नगरपालिकाको न्यायिक समितिमा चैत ११ गतेदेखि यता ६ वटा महिला हिंसाका घटना दर्ता भएका छन् । तर धुलिखेल नगरपालिकामा भने कुनै पनि किसिमका घटना दर्ता भएका छैनन ।
न्यायिक समितिमा लकडाउन अवधिभर विवादका घटना दर्ता नहुनुका पछाडि के कारण हुन्छ सक्छन भन्ने हाम्रो प्रश्नमा न्यायिक समितिका संयोजक समेत रहनुभएका उपप्रमुख बिमला शर्माले लकडाउनको समयमा सबैजना घरको काम र खेतीपातिमा बढी व्यस्त भएकाले कुनै पनि विवाद नभएको हुन सक्ने बताइन ।
न्यायिक समितिमा चालु आर्थिक बर्षको हालसम्म १२० विवाद मध्ये ८० वटा विवादको मेलमिलाप भएको छ । यी मध्ये ४ वटाको निर्णय भएको छ । अब बाँकी रहेका विवाद जति सक्दो छिटो छिनोफोनो गरिने उपप्रमुख शर्माले बताइन् ।








प्रतिक्रिया