२०८३, १६ बैशाख बिहीबार

बनेपा प्रहरीद्वारा हार्डवेयर पसल चोरी गर्ने सार्वजनिक

बनेपा प्रहरीद्वारा हार्डवेयर पसल चोरी गर्ने सार्वजनिक


धुलिखेल, ४ जेठः इलाका प्रहरी कार्यालय बनेपालले हार्डवेयर पसल चोरी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले बनेपाको तेण्डल हार्डवेयरको काउन्टर फोरेर नगद चोरी गर्नेलाई बिहिबार सार्वजनिक गरेको हो ।

हार्डवेयर चोरी गर्ने चितवन जिल्ला रत्ननगर नगरपालिका वडा नं १ का २७ बर्षीय प्रकाश जंग कुँवर रहेका छन् । कुँवरको साथबाट १ लाख ५० हजार रुपैपाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमूख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । कुँवर बुधबार पक्राउ परेका थिए ।

कुँवरले जेठ २८ गते राति दश बजेतिर हार्डवेयरको काउन्टरमा रहेको ९ लाख ४ हजार २७५ रुपैयाँ चोरि गरेको भन्दै हार्डवेयर सञ्चालकले प्रहरीमा उजुरी दिएका थिए । कुँवरलाई पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १ डाँडाटोल स्थित साडु दाईको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इनिस्पेक्टर तिमिल्सिनाले बताए ।

हार्डवेयरको पूर्वपट्टी रहेको गेटबाट उनी भित्र छिरेको अनुसन्धानबाट खुलेको छ । ‘गेटको भूईमा रहेको मोटो पन्छाएर हार्डवेयर पसलभित्र प्रवेश गरेको पाइयो, इनिस्पेक्टर तिमिल्सिनाले भने ‘थप अनुसन्धान भइरहेको छ ।’

अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट दश दिनको म्याद थप भइसकेको छ । बनेपामा चोरी गरिसकेपछि उनीले काठमाण्डौमा गएर किनमेल गरेको अनुन्धानबाट खुलेको छ । कुँवरका साथबाट नयाँ मोबाइलसेट समेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ७ : २७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले