२०८३, १६ बैशाख बिहीबार

पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि

पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ४ असारः पर्वतका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर प्रयोगशाला स्रोतले विहीबार विहान दिएको जानकारी अनुसार कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो ।

पर्वत गण्डकी प्रदेशका १० जिल्लामध्ये एक हो । बिहीबार बिहान मात्रै गण्डकी प्रदेश निर्देशनालयले हिमाली जिल्ला मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित थपिएको सूचना सार्वजनिक गरेको थियो ।

Onlinekhabar

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ९ : ०९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले