२०८३, ८ कार्तिक आईतबार

पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि

पर्वतका पाँच जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ४ असारः पर्वतका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा कुस्मा नगरपालिकाका र फलेबास नगरपालिका दुई–दुई जना तथा मोदी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

भरतपुर प्रयोगशाला स्रोतले विहीबार विहान दिएको जानकारी अनुसार कुस्मा नगरपालिका–१२ का ४२ वर्षीय पुरुष, कुस्मा नगरपालिका १३ का २० वर्षीया महिला, फलेबास नगरपालिका २ का ३७ र ३० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पर्वतकै मोदी गाउँपालिका ६ का ३८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रयोगशाला स्रोतले बतायो ।

पर्वत गण्डकी प्रदेशका १० जिल्लामध्ये एक हो । बिहीबार बिहान मात्रै गण्डकी प्रदेश निर्देशनालयले हिमाली जिल्ला मनाङसहित चार जिल्लामा ४२ जना कोरोना संक्रमित थपिएको सूचना सार्वजनिक गरेको थियो ।

Onlinekhabar

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ९ : ०९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना