२०८३, १६ बैशाख बिहीबार

रोशि गाँउपालिकाले पनि तोक्यो भुक्तानीका लागि बार

रोशि गाँउपालिकाले पनि तोक्यो भुक्तानीका लागि बार


धुलिखेल, ३ असारः काभ्रेको रोशि गाउँपालिकाले योजनाको भुक्तानी गर्न दिन बार तोकेको छ । वडा स्तरीय योजनाहरुको भुक्तानीका लागी बार निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले जानकारी दिइन् ।

उनका अनुसार आइतबार र सोमबार १, २, ५ र ७ नम्बर वडामा सकिएका योजनाको भुक्तानी हुनेछ । मंगलबार र बुधबार वडा नम्बर ३, ४, र ६ का भुक्तानी हुनेछ । यस्तै ८, ९, १०, ११ र १२ नम्बर वडाका लागि बिहिबार र शुक्रबार समय निर्धारण गरिएको छ ।

गाँउपालिकाले कर्मचारीहरुलाई दुई सिफ्टमा बिभाजन गरेको छ । बिहान ८ बजे देखी १ बजे सम्म एक सिफ्ट, एक बजे देखी ६ बजे सम्मका लागी अर्को सिफ्ट निर्धारण गरिएको छ । लेखा शाखा र योजना शाखाका कर्मचारी दुवै दुई सिफ्टमा हुने छन् भने अन्य कर्मचारीहरुले सिफ्ट अनुसार काम गर्नुपर्ने गाँउपालिकाले जनाएको छ ।

यसअघि तेमाल गाउँपालिकामा पनि भिडभाड हुने भन्दै भुक्तानीका लागि बार तोकेको थियो ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ४८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले