२०८३, ८ कार्तिक आईतबार

पात्लेखेतमा ढुंगे बगैँचा बन्ने

पात्लेखेतमा ढुंगे बगैँचा बन्ने


धुलिखेल, २ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्खेतमा ढुंगे बगैँचा निर्माण हुने भएको छ । राम्चे चौरमा बन्ने ढुंगे बगौँचाको आज नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाको ५ लाख, डिभिजन वन कार्यालय धुलिखेलको ५ लाख र उपभोक्ता समितिको २ लाख गरी १२ लाख रुपैयाँ लागतमा निर्माण बन्न लागेको हो । धुलिखेल नगरपालिका इन्जिनियर हरेराम हुमागाईका अनुसार साना ठूला नगरपालिकाको विभिन्न ठाउँमा गरी ४० वटाभन्दा बढी पार्क निर्माण भइसकेका छन् ।

बगैँचा शिलान्यास कार्यक्रममा उपप्रमुख बिमला शार्मा, वडा नम्बर ८ का वडाध्यक्ष एवं पूर्वाधार विकास समितिका सभापति निराजन जंगमन, ११ नम्बरका वडाध्यक्ष विष्णु काभ्रेली लगायत सहभागि भएका थिए । बगौचा चालु आर्थिक वर्षभित्रै निर्माण पुरा हुनेछ । बगौँचा बालमैत्री हुनेछ । वडा नम्बर ५ मा पनि नगरपालिका र डिभिजन वन कार्यालय धुलिखेलको सहयाेगमा बाल उद्यन बनिरहेको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ४ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना