२०८२, ११ माघ आईतबार

नेकपामा एमसीसी पेचिलो बन्दैः सचिवालय बैठक फेरी बस्दै

नेकपामा एमसीसी पेचिलो बन्दैः सचिवालय बैठक फेरी बस्दै


काठमाडौं, ३२ जेठ: एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।

संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २०७७, ३२ जेष्ठ आईतबार  ८ : ०६ बजे

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित