२०८२, २ माघ शुक्रबार

धुलिखेलमा दिपावली (फोटो फिचर)

धुलिखेलमा दिपावली (फोटो फिचर)


धुलिखेल, ३१ जेठः संविधानमा नयाँ निशान छाप राख्न सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएपछि देशभर खुशीयाली मनाउन सुरु गरिएको छ । शनिबार धुलिखेलमा खुशीयाली साटासाट गर्नुका साथै दिपावली गरिएको छ ।

धुलिखेलमा विभिन्न बाजा गाजा सहित भेला भएका सर्वसाधरणले दिपावली गरेका छन् । भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको राजनैतिक एब प्रसाशनिक नक्सा सहितको निशान छाप शनिबार प्रतिनिधि सभाबाट पारित भएको छ । दिपावलीमा सहभागीहरुले राष्ट्रियताको पक्षमा आफुहरु कोहिसँग नझुक्ने बताएका छन् ।

सिबि तामाङकाे अगुवाइमा भएकाे कार्यक्रममा नगरप्रमुख अशाेक ब्याञ्जु, वडा अध्यक्ष, नागरिक समाजका अगुवा सहभागि भएका थिए । धुलिखेलकाे विभिन्न माग परिक्रममा गर्दै युवाहरूले दिपावली कार्यक्रममा सहभागि भएका थिए ।

स्वस्फुर्त रुपमा भेला भएका धुलिखेलका युवाहरुले सरस्वती पार्कमा दिपावली गरेका हुन् । युवाहरुले जबजस्र्त भारतले कब्जा गरिएको भूमि भोगचलन गर्ने वातावरण छिट्टै गर्न सरकारलाई आग्रह समेत गरेका छन् । निशान छाप संशोधनको पक्षमा संसदमा उलब्ध भएका २५८ जना सासंदले मतदान गरेका थिए । बनेपामा पनि स्थानीयहरुले दिपावली गरेर खुशी साटेका छन् ।

अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ८ : १० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा