२०८३, २१ आश्विन बिहीबार

धुलिखेलमा दिपावली (फोटो फिचर)

धुलिखेलमा दिपावली (फोटो फिचर)


धुलिखेल, ३१ जेठः संविधानमा नयाँ निशान छाप राख्न सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित भएपछि देशभर खुशीयाली मनाउन सुरु गरिएको छ । शनिबार धुलिखेलमा खुशीयाली साटासाट गर्नुका साथै दिपावली गरिएको छ ।

धुलिखेलमा विभिन्न बाजा गाजा सहित भेला भएका सर्वसाधरणले दिपावली गरेका छन् । भारतले कब्जा गरेको लिम्पियाधुरा, लिपुलेक सहितको नेपालको राजनैतिक एब प्रसाशनिक नक्सा सहितको निशान छाप शनिबार प्रतिनिधि सभाबाट पारित भएको छ । दिपावलीमा सहभागीहरुले राष्ट्रियताको पक्षमा आफुहरु कोहिसँग नझुक्ने बताएका छन् ।

सिबि तामाङकाे अगुवाइमा भएकाे कार्यक्रममा नगरप्रमुख अशाेक ब्याञ्जु, वडा अध्यक्ष, नागरिक समाजका अगुवा सहभागि भएका थिए । धुलिखेलकाे विभिन्न माग परिक्रममा गर्दै युवाहरूले दिपावली कार्यक्रममा सहभागि भएका थिए ।

स्वस्फुर्त रुपमा भेला भएका धुलिखेलका युवाहरुले सरस्वती पार्कमा दिपावली गरेका हुन् । युवाहरुले जबजस्र्त भारतले कब्जा गरिएको भूमि भोगचलन गर्ने वातावरण छिट्टै गर्न सरकारलाई आग्रह समेत गरेका छन् । निशान छाप संशोधनको पक्षमा संसदमा उलब्ध भएका २५८ जना सासंदले मतदान गरेका थिए । बनेपामा पनि स्थानीयहरुले दिपावली गरेर खुशी साटेका छन् ।

अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ ।

प्रकाशित मिति : २०७७, ३१ जेष्ठ शनिबार  ८ : १० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले