धुलिखेल, ३० जेठः काभ्रेको भुम्लु गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेको छ । पालिकाको दश ओटै वडा बाट योजना संकल गरेर ल्याउनका लागि सबै वडामा फारम पठाईएको पालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिए ।
सबैलाई एकै ठाँउमा भेला गरेर योजना बनाउने अवस्था नभएकाले गाँउपालिकाले सबै वडामा फारम पठाएको हो । टोल-टोलमा आवश्यक योजनाहरु सम्बन्धित वडामा दर्ता गराउन सकिने पालिकाले जनाएको छ ।
वडाले ति फारमहरु असार ७ गते भित्र गाँउपालिकामा पठाउनु पर्ने छ । आगामी आर्थिक वर्षको योजनामा कृषि तथा पशु पंक्षीका कार्यक्रम, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र प्राथतिकतामा राखिने उपाध्यक्ष श्रेष्ठले बताए ।








प्रतिक्रिया