देशका मुख्य मुख्य सहरहरुमा युवाहरुले विभिन्न माग गर्दै सरकार विरुद्ध प्रर्दशन गरिरहेका छन् । युवाहरुले नेपालको राष्ट्रिय साथमा लिएका छन् ।
तर सिन्धुपाल्चोकमा भने काँग्रेसले आफ्नो झण्डामा लिएर सरकारको विरोध गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा लामोसाँघुमा काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।
पार्टीको झण्डा सहित सडका उत्रिएका काँग्रेस कार्यकर्ताहरले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए ।
१० अर्बको भ्रष्टाचार, आरडिटी परिक्षण बन्द गराउन माग, सम्पुर्ण जनताको पीसीआर परिक्षण गराउन दबाब र सरकारको भ्रष्टाचार को विरुद्धमा जुलुस कार्यक्रम आयोजना गरेको काँग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, युवा नेता युधिर पौडेल लगयातले जुलुसको आगुवाइ गरेका थिए ।








प्रतिक्रिया