२०८३, ८ कार्तिक आईतबार

कुबेतबाट आइपुगे काभ्रेली ५ जना चेली

कुबेतबाट आइपुगे काभ्रेली ५ जना चेली


धुलिखेल, ३० जेठः कुबेतबाट ५ जना काभ्रेली चेली आफ्नो गृह जिल्ला आइपुगेका छन् । उनीहरुलाई गएराति अबेर धुलिखेल स्थित सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ल्याइपुर्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उत्रिएका उनीहरुलाई होल्डिङ एरियामा राखेर राति धुलिखेल ल्याइएको हो । उनीहरुलाई शुक्रबार (आज) सम्बन्धी स्थानीय तहको जिम्मा लगाइने धुलिखेल स्थित नेपाली सेनाको विष्णुदल गणले जनाएको छ ।

काभ्रे आइपुग्ने चेलीहरुमा बनेपा, धुलिखेल, नमोबुद्ध, तेमाल र रोशी गाउँपालिकाका १÷१ जना रहेका छन् । विदेशबाट आएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट धुलिखेल क्वारेन्टाइनसम्म नेपाली सेनाले ल्याउने र त्यसपछि सम्बन्धित स्थानीय तह लैजाने निर्णय जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले गरिसकेको छ ।

यसअघि युएईबाट आएका काभ्रेलीहरुलाई पनि सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको थियो ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ९ : ०२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना