धुलिखेल, ३० जेठः कुबेतबाट ५ जना काभ्रेली चेली आफ्नो गृह जिल्ला आइपुगेका छन् । उनीहरुलाई गएराति अबेर धुलिखेल स्थित सञ्जिवनी माध्यामिक विद्यालयको क्वारेन्टाइनमा ल्याइपुर्याइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उत्रिएका उनीहरुलाई होल्डिङ एरियामा राखेर राति धुलिखेल ल्याइएको हो । उनीहरुलाई शुक्रबार (आज) सम्बन्धी स्थानीय तहको जिम्मा लगाइने धुलिखेल स्थित नेपाली सेनाको विष्णुदल गणले जनाएको छ ।
काभ्रे आइपुग्ने चेलीहरुमा बनेपा, धुलिखेल, नमोबुद्ध, तेमाल र रोशी गाउँपालिकाका १÷१ जना रहेका छन् । विदेशबाट आएकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट धुलिखेल क्वारेन्टाइनसम्म नेपाली सेनाले ल्याउने र त्यसपछि सम्बन्धित स्थानीय तह लैजाने निर्णय जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले गरिसकेको छ ।
यसअघि युएईबाट आएका काभ्रेलीहरुलाई पनि सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको थियो ।








प्रतिक्रिया