२०८३, १६ बैशाख बिहीबार

कर्णाली दुर्घटना अपडेट ३१ जनाको जीवितै उद्धार,२ को मृत्यु, ६ जना

कर्णाली दुर्घटना अपडेट ३१ जनाको जीवितै उद्धार,२ को मृत्यु, ६ जना


सुर्खेत : कालिकोटमा भएको टिप्पर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । यस्तै ६ जना वेपत्ता भएका छन् । बुधबार बिहान भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ना ८ ख ५१३३ नम्बरको टिप्पर लालीघाटको भीरबाट कर्णाली नदीमा खसेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ३९ जना यात्रु बोकेर टिप्पर रास्कोटतर्फ जाँदै थियो । दुर्घटनामा नदीमा बगेका ३१ जनालाई जीवितै उद्धार गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

यस्तै दुई जनाको शव भेटिएको र बाँकी ६ वेपत्ता भएको र खोजी भइरहेको बताइएको छ मन्त्रालयले जनाएको छ । । यस्तै घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जानकारी दिए ।

उद्धार गरिएक मध्ये चार जना गम्भीर घाइते छन् । यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा भएको दुर्घटनाले दुखिदु तुल्याएको भन्दै मुख्यमन्त्री शाहीले घाइतेको उपचार र वेपत्ताको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको जानकारी दिएकां छन् ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  १ : ०७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले