२०८३, १३ बैशाख सोमबार

बजेटमाथि छलफल आज सकिने, भाेली सम्बन्धित मन्त्रीले जवाफ दिने

बजेटमाथि छलफल आज सकिने, भाेली सम्बन्धित मन्त्रीले जवाफ दिने


काठमाडौं, २५ जेठः प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ ।

आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

शनिवारको बैठकमा अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, वन मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, उद्योग मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कृषि मन्त्रालयको बजेटमा छलफल भएको थियो ।

शुक्रबार भने कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका लागि विभिन्न शीर्षकमा विनियोजित बजेटमाथि सांसदहरुले आ–आफ्नो धारणा राखेका थिए ।

सोमबार मन्त्रीहरुले जवाफ दिने

आज सबै बजेटमाथिको छलफल सकिने छ । संसद सचिवालयको कार्यतालिका अनुसार सोमबार सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् ।

शुक्रबार ७ वटा र शनिवार ८ वटा गरी १५ वटा मन्त्रालयको मन्त्रालयतगत शीर्षकमाथिको छलफल सकिएको छ । शुक्रबार ५३ जना र शनिवार ६० जना गरी १५ वटा मन्त्रालयको मन्त्रालयगत शीर्षकमाथि ११३ सांसदले धारणा राखेका छन् । शुक्रबार र शनिबारकै हाराहारीमा आइतबार पनि सांसदहरुले धारणा राख्ने बताइएको छ ।

साभारः अनलाइन खबर

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  १२ : ०८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले