२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोकको लिसंखु घटना छानविन गर्न नेकपाले बनायो समिति

सिन्धुपाल्चोकको लिसंखु घटना छानविन गर्न नेकपाले बनायो समिति


धुलिखेल, २५ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका वडा नम्बर २ लिसंखुमा भएको घटनाको छानविन गर्न नेकपाले ५ सदस्यीय छानविन समिति गठन गरेको छ । बुद्धोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर श्रेष्ठमाथि भएको अमानवीय घटनाको छानविन गर्न लिसंखु पाखर गाउँपालिका कमिटीका ईन्चार्ज पूर्णबहादुर तामाङको संयोजकत्वमा समिति गठन गरिएको हो ।

छानबिन समितिमा नेकपा पालिका कमिटी अध्यक्ष सूर्य लामा, सचिव राजु लामा, सह ईन्चार्जहरू शम्सेर श्रेष्ठ र फुलम लामा छन् । पार्टी कमिटीको बैठकले जिल्ला कमिटी सदस्य ज्ञान कुमार लामा र माईली लामालाई मौखिक स्पष्टीकरण समेत सोधेको छ ।

स्पष्टीकरणले चित्त नबुझेको र घटनामा नेकपाका जिल्ला सदस्यकै पारिवारिक सदस्य समेत सहभागी भएकाले छानबिन समिति गठन गरिएको पालिका कमिटि अध्यक्ष सूर्य लामाले जानकारी दिए । जेठ २१ गते विद्यालय निर्माणका लागि काठमाण्डौबाट ६ जना ठेकेदारले गाउँ पठाएको बिषयलाई बिवाद बनाएर स्थानीय उत्शृंखल युवाको समूहले प्रहरी प्रशासनकै अगाडी प्रधानाध्यापक श्रेष्ठलाई उठबस गराएका थिए । घटनाको चौतर्फी बिरोध भइरहेको छ ।

उत्शृंखल समूहले प्रधानाध्यापकलाई राजिनामा दिन बाध्य पार्नुका साथै गाली बेज्जती समेत गरेका थिए । घटनाका सत्य तथ्य छिट्टै सार्वजनिक गर्ने र दोषि माथि कारबाही हुने अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ७ : ५४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले