२०८३, १६ बैशाख बिहीबार

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु


सुर्खेत, २४ जेठ:। कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । डोल्पाका जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए । डोल्पामा आरडीटी परीक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको जगदुल्ला गाँउपालिकाका अध्यक्ष नारासिं रोकायले जानकारी दिए ।

उनको २० गते निधन भयो । उनी लामो समयदेखि दमको रोगले पीडित थिए । निधनपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठन जुम्लामा पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारी पुष्टि गरे ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ३ : ४५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले