२०८२, २ माघ शुक्रबार

सिरहाका हरवा चरवा परिवारलाई राहत

सिरहाका हरवा चरवा परिवारलाई राहत


महेश सिंह ,सिरहा २३ जेठ: बिश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाईरस अथवा कोिभड (१९ का कारणले लकडाउनबाट प्रभावित भएका दैनिक छाक टार्न समस्या झेल्दै आएका सिराहका हरवा, चरवा समुदायलाई राहत वितरण गरिएको छ । दलित विकास मञ्च सिरहाले द फ्रिड फण्डको सहयोगमा १५० घर धुरी हरवा चरवा परिवारलाई राहत वितरण गरेकाे हाे ।

मजदुरी गुमाएका हरवा चरवा परिवारले राहत पाएपछि खुसि व्यक्त गरेका थिए । हरवा चरवा परिवारको बिचल्ली हेरेर जिल्ला हरवा चरवा अधिकार मञ्च सिरहाका अध्यक्ष श्यामसुन्दर सदाले अन्नदान गरेका हुन् ।

सिरहाको धनगढीमाई नगरपालिकाका वडा नम्बर १, २ र सुखिपुर नगरपालिका वडा नम्बर ७ का हरवा चरवा शसत्तिकरण परियोजना अन्तरगत बचत तथा ऋण समुह सदस्यहरूलाई प्रति घर धुरी चामल, दाल, नून र तेल वितरण गरेको कार्यक्रम संयोजक रविन महराले जानकारी दिए ।

राहत सुखिपुर वडा नम्बर ७ का वडा अध्यक्ष विरेन्र्द महतोको रोहबरमा वितरण गरिएकोह ो । धनगढीमाई नगरपालिकाका १,२ का वडा प्रतिनिधिको समेत उपस्थित रहेको थियो । कोरोना भाइरसको जोखिम कम होस भन्नाका लागि सामाजिक दुरी कायम गरी राहत वितरणको ब्यस्था मिलाएरको दलित विकास मञ्च सिरहाका सचिव रामचन्द्र महराले बताए ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ६ : ०७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा