२०८२, २ माघ शुक्रबार

आज देशभर वर्षा, बाढीको सम्भावना

आज देशभर वर्षा, बाढीको सम्भावना


काठमाडौं, २३ जेठ : अहिले देशभर अविरल वर्षा भैरहेको छ । स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश–५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने जनाइएको छ । प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ९ : ४२ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा