२०८३, २५ भाद्र शुक्रबार

आज देशभर वर्षा, बाढीको सम्भावना

आज देशभर वर्षा, बाढीको सम्भावना


काठमाडौं, २३ जेठ : अहिले देशभर अविरल वर्षा भैरहेको छ । स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश–५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको छ ।

आज दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा मौसम सामान्य बदली रहने जनाइएको छ । प्रदेश ५, सुदुरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको मौसाम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन हुन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७७, २३ जेष्ठ शुक्रबार  ९ : ४२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको